आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आकाशले अर्काे जीवनसाथी खोज भन्दा रोइन् पूजा [ भिडियो ]

आकाशले अर्काे जीवनसाथी खोज भन्दा रोइन् पूजा [ भिडियो ]

  • मिडिया डबली
  • बिहिवार, माघ २२ २०७७

  • 7.2K
    SHARES

  • आकाशले अर्काे जीवनसाथी खोज भन्दा रोइन् पूजा [ भिडियो ]

    काठमाडौं - लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतका शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेका छन् ।

    गीतकार प्रसाईका यस अगाडि प्रेमको कथा, कथा मृत्युको लगायतका गीत हिट छन् । मेलोडियस शैलीमा तयार पारिएको गजल सुन्दा आनन्द लाग्ने छ । गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन्, भने बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

    भिडियो पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । जसमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

    भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् । गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ ।

    निर्देशक पाण्डेको हरेक भिडियोमा फरक पन पाउन सकिन्छ । यो भिडियोमा पनि उनले केही फरक दिने कोसिस गरेका छन् ।

    इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १३ २०७७०२:१७:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend