काठमाडौं – नेपाली कांग्रेसका भातृ संस्थाहरुले भक्तपुरको बालकोटमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् ।
भक्तपुरको बालकोटमा कांग्रेसका भातृ संस्थाले साँझ ओलीविरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् । भातृ संस्थाहरुले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नाराबाजी गरिएको नेपाल तरुण दल भक्तपुरका सदस्य राजु पुरीले बताएका छन् ।
राँके जुलुस प्रदर्शनमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा सहितका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सभालाई सम्बोधन गर्ने नेताहरुले कम्युनिस्टको पतन सुरू भएको भन्दै अबको निर्वाचनमा जनताले कांग्रेसलाई साथ दिने बताएका छन् ।
प्रधानमन्त्री ओलीको घर भक्तपुरको बालकोटमा छ । भक्तपुर कांग्रेस र भातृ संस्थाले प्रधानमन्त्री ओलीलाई सचेत गराउन बालकोटमा राँके जुलुस प्रदर्शन गरेको तरुण दलका सदस्य पुरीले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।