शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

ओलीले सेनामा खेल्न खोजे, राजाले पनि नगरेको शक्ति देखाउँदै

ओलीले सेनामा खेल्न खोजे, राजाले पनि नगरेको शक्ति देखाउँदै

  • मिडिया डबली
  • मंगलवार, माघ २० २०७७

  • 4.6K
    SHARES

  • ओलीले सेनामा खेल्न खोजे, राजाले पनि नगरेको शक्ति देखाउँदै

    काठमाडौं - नेपाली सेनाले यसअघि कहिल्यै पनि चक्रपथमा बख्तरबन्द गाडी परिक्रमा गरेको थिएन । सहरभित्रै कहिलेकाहीँ बख्तरबन्द गाडी गुडेको देखिन्थे ।

    राजसंस्था हुँदा पनि यसरी सबैतिर हल्लाखल्ला हुने गरी सेनाका बख्तरबन्द गाडी सडकमा गुडेका देखिएको थिएन । नेपाली सेनाले नियमित अभ्यास भन्दै सोमबार राति १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ ।

    ०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकालेको हो ।

    सेनाले सोमबार राति चक्रपथ परिक्रमा गर्ने र बुधबार आठै पृतनामा रहेका बख्तरबन्द गाडी बाहिर निकाल्ने सूचना आइतबार नै सार्वजनिक गरेको थियो ।

    ‘नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको, त्यसैगरी ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौँ,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले आइतबार ट्विटरमा लेखेका थिए ।

    संसद् विघटनपछि प्रधानमन्त्री केपी ओली चौतर्फी आलोचनामा परेका छन् । रक्षा मन्त्रालयसमेत आफैंले सम्हालेका ओलीले विपक्षीहरूलाई सन्देश दिन सेनाको दुरुपयोग गर्न लागेको धेरैले आशंका गरेका छन् ।

    माघ १९ गते राति सेनाका बख्तरबन्द गाडी चक्रपथ घुमाउनुले पनि धेरैले यस्तै आशंका गरेका छन् । सेनाले भने यो नियमित प्रक्रिया भनेको छ । सेनाका पूर्वअधिकृतहरूले पनि सेनाका बख्तरबन्द गाडीले यसअघि काठमाडौंको चक्रपथमा यसरी फन्को लगाएको विषयमा थाहा नभएको बताएका छन् ।

    १९ माघकै दिन रोजेर किन यसरी सेनाले बख्तरबन्द गाडी सडकमा निकाल्यो ? यो संयोग हो कि सन्देश ? विश्लेषकहरूले प्रश्न गरेका छन् । तर, सैनिक स्रोतले भने यो निर्णय तीन चार दिनअघि मात्रै रक्षा मन्त्रालयमार्फत यस्तो निर्देशन आएको थियो ।

    सेनाका उच्च अधिकृतलाई पनि यसबारे कुनै जानकारी थिएन । आफू रक्षामन्त्री भएपछि ओलीले आफू अनुकूल प्रयोग गर्न खोजेको देखिएको छ । अहिलेको अस्थिर राजनीतिक परिस्थितिमा सेनाले सडकमा बख्तरबन्द गाडी उतारेर राम्रो सन्देश नगएको एक उच्च सैनिक अधिकृतले बताए ।

    धेरैले ओलीको अहिलेको कदमलाई सेनामा ‘खेल्न’ खोजेको अर्थमा लिएका छन् । आजै ओलीले ‘प्रधानमन्त्रीसँग खेलाडी’ नाममा सेनाका खेलाडीसँग भेट गर्दैछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend