शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्डको गृहजिल्लामा चुनाव हुँदा कम्युनिस्टको लज्जास्पद हार, कांग्रेस प्यानलको सानदार जीत

प्रचण्डको गृहजिल्लामा चुनाव हुँदा कम्युनिस्टको लज्जास्पद हार, कांग्रेस प्यानलको सानदार जीत

  • मिडिया डबली
  • मंगलवार, माघ २० २०७७

  • 16.7K
    SHARES

  • प्रचण्डको गृहजिल्लामा चुनाव हुँदा कम्युनिस्टको लज्जास्पद हार, कांग्रेस प्यानलको सानदार जीत

    भरतपुर -  चितवन जिल्लास्थित उद्योग वाणिज्य संघ खैरहनीमा नेपाली कांग्रेस निकटका दीपेन श्रेष्ठ ‘हीरा’ले अत्याधिक मतसहित निर्वाचित भएका छन् ।

    श्रेष्ठ नेतृत्वको लोकतान्त्रिक समूहले संघमा दुईतिहाइभन्दा धेरै पदाधिकारी र सदस्यसहितको पदमा कब्जा जमाएको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

    मंगलबार बिहानको अन्तिम नतिजाअनुसार कांग्रेसले १७ मध्ये १५ पदमा जितेर संघमा कब्जा जमाएको छ । कांग्रेसले दुईतिहाइभन्दा धेरै पदमा जितेको छ ।

    निर्वाचनमा प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपालसहितका कम्युनिस्टहरूको प्रगतिशील गठबन्धनले जम्मा दुई सिट जितेको छ । कांग्रेससँग कम्युनिस्टहरूले अध्यक्षसहित सबै पदमा ठूलो मतान्तरले जितेका छन् ।

    अध्यक्षमा निर्वाचित कांग्रेस निकटका श्रेष्ठले ७९९ मत पाएका छन् । कम्युनिस्टबाट अध्यक्षमा उम्मेदवार बनेकी शेषकुमार ओलीले ४७६ मत पाएकी छिन् । नेकपा निकटका दुई जना सदस्यले मात्रै जितेका छन् ।

    संघको वाणिज्यतर्फ सदस्यहरूमा बिक्रम खड्का, कुमार खनाल, विनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्रबहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन् । लम्साल र निरौला प्रगतिशील समूहका हुन् ।

    उद्योगतर्फ जगतबहादुर पाण्डे, शंकर कँडेल, किरण बुर्लाकोटी, कृष्णबहादुर श्रेष्ठ, अनुप अधिकारी र बिक्रम चौधरी विजयी भएका छन् । उद्योग वाणिज्य संघ खैरहनीको १७ सदस्य कार्यसमितिमा कांग्रेसले अध्यक्ष र सबै पदाधिकारीसहित १५ सिटमा कब्जा जमाएको छ । कांग्रेसले दुईतिहाइभन्दा धेरै सिटमा कब्जा जमाएको छ । प्रचण्डले चितवनमा आफ्नो बर्चश्व रहेको दाबी गर्दै आएका छन् ।

    प्रचण्डकी छोरी समेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि चितवनमा कम्युनिस्टहरू हाबी रहेको दाबी गर्दै आएकी छिन् । प्रधानमन्त्री ओलीले पनि चितवनलाई आफूहरूको किल्ला ठान्दै आएका छन् ।

    प्रचण्डकी छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित गराएर पछुताएको कांग्रेसले पछिल्लो समय चितवनमा आफ्नो पुरानो पकडलाई कायम गर्न थालेको छ ।

    चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले कम्युनिस्टहरूलाई सबक सिकाउँदै आएका छन् । चितवनमा कांग्रेसलाई बलियो बनाएर कम्युनिस्टहरूको पत्तासाफ गर्ने अभियानमा सभापति श्रेष्ठ लागेको कांग्रेस नेताहरूको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend