काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक भोलि बुधवार बोलाएका छन् ।
निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै गम्भीर प्रश्न उठिरहेका बेला ओलीले परिषद्को बैठक बोलाएका हुन् ।
बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने स्रोतले जनाएको छ । बैठकको पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध रहेको जनाइएको छ ।
परिषद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सदस्य हुने भए पनि उनलाई खबर गरिएको छैन । सभापति देउवालाई बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताए ।
ओलीले विपक्षी दलको नेता नभए पनि बहुमतका आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएर कांग्रेसलाई बाइपास गर्ने रणनीति यसअघि नै लिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।