शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

चुनावमा विप्लवसँग सहकार्य गर्ने केपी ओलीको रणनीति ! प्रतिबन्ध फुकुवाको तयारी

चुनावमा विप्लवसँग सहकार्य गर्ने केपी ओलीको रणनीति ! प्रतिबन्ध फुकुवाको तयारी

  • मिडिया डबली
  • आइतवार, माघ १८ २०७७

  • 5.3K
    SHARES

  • चुनावमा विप्लवसँग सहकार्य गर्ने केपी ओलीको रणनीति ! प्रतिबन्ध फुकुवाको तयारी

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गतिविधिमाथि प्रतिबन्ध लगाएको आगामी फागुन २८ गते २ वर्ष पुग्दैछ ।

    प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुबै एकअर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

    तर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन न सरकारले देखिने गरी पहल गरेको छ, न चन्द समूहले हिंसात्मक गतिविधि त्यागेको छ ।

    दुबै पक्ष वार्ताका लागि तयार भएको दाबी गर्छन् तर त्यसअनुसार प्रयास भने हुन सकेको छैन ।

    तर चुनाव घोषणा भएपछि प्रधानमन्त्री केपी ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने र त्यसका लागि वार्ता गर्न सक्ने गाइँगुइँ चल्न थालेको छ ।

    विश्वस्त उच्च सरकारी सुत्रका अनुसार विप्लव समूहलाई चुनावअघि नै वार्तामा ल्याउन प्रधानमन्त्री ओली सक्रिय छन् । तर यसलाई पुष्टि गर्न सरकारी अधिकारीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् ।

    विप्लव सहितको वाम रणनीतिक मोर्चाबन्दीको सहमति गर्नेमध्येका एक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले चुनावमा प्रचण्ड–नेपाल समूहविरुद्ध प्रयोग गर्न प्रधानमन्त्री ओलीले विप्लव समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न सक्ने सम्भावना रहेको बताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend