आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता मीनकृष्ण महर्जनको आह्वानमा चापागाउँमा उर्लियो भीड

कांग्रेस नेता मीनकृष्ण महर्जनको आह्वानमा चापागाउँमा उर्लियो भीड

  • मिडिया डबली
  • आइतवार, माघ १८ २०७७

  • 4.5K
    SHARES

  • कांग्रेस नेता मीनकृष्ण महर्जनको आह्वानमा चापागाउँमा उर्लियो भीड

    ललितपुर – नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन जनतामा लोकप्रिय मानिन्छन् । नेता महर्जनको लोकप्रियताले शनिबार ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा भएको एउटा कार्यक्रमले थप पुष्टि गरेको छ ।

    सर्वसाधारण जनताका साना–साना कुरामा पनि संलग्न हुने नेता महर्जनलाई कुरालाई ललितपुरका जनताले खुब मन पराउँछन् भन्ने उदाहरण कार्यक्रमको सहभागिताले प्रमाणित गरेको छ ।

    महर्जनलाई कांग्रेस मात्र नभई नेकपा, राप्रपासहित विभिन्न दलका समर्थक र शुभेच्छुकहरुले समेत मन पराउने गर्छन् । महर्जनले कुनै राजनीतिक भेदभाव नगरी सबैलाई सक्दो सहयोग गर्ने गरेका छन् ।

    चापागाउँमा खुलेको चम्पापुर मिनी मार्केटको उद्घाटनमा शनिवार कांग्रेसका युवा नेता महर्जनको आह्वान र सहभागितामा जनताको ठूलो भीड देखिएको छ । 

    राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका कांग्रेसको खेलकुद विभागका सचिव महर्जनले नाम चलेका कलाकारलाई समेत स्टेजमा उतारेर स्थानीयको मन जित्नेका छन् ।

    स्थानीय जनताको खुशीलाई उनले आफ्नो खुशी भनेका छन् । महर्जनले ललितपुरका जनताका लागि कुनै पनि समस्या पर्दा आफू पहिलो पंक्तिमा उभिएर सहयोग गर्ने जनाएका छन् । 

    1.jpg

    महर्जनले स्थानीयलाई मात्रै नभई कलाकारहरुलाई समेत निकै प्रोत्साहन गर्छन् । महर्जनकै कारण राष्ट्रियस्तरका कलाकार बन्न सफल भएका प्रताप दासले चापागाउँको गुनलाई कहिल्यै भुल्न नसक्ने बताए । त्यति मात्रै नभई राष्ट्रियस्तरकी कलाकार निशा देशारले पनि महर्जनको योगदानको निकै कदर गर्ने जनाएकी छन् ।

    गाउँ, टोल, ललितपुरको साना–साना सामाजिक काममा महर्जनको कुनै न कुनै योगदान हुने गर्छ । महर्जनले कार्यक्रममा ४ जना सञ्चारकर्मीसहित समाजका विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुका साथै सामाजिक दायित्व स्मरण गराएका छन् ।

    2.jpg3.jpg4.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend