काठमाडौं – पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–१२ स्थित बाल मन्दिर स्कूलका ४५ जना विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेका छन् ।
नेता खतिवडाले सबै विद्यार्थीको पोशाकमा एकरूपता होस् भनेर एकै किसिमको स्वीटर वितरण गरेको बताए ।
सानो–सानो काम गर्दा मनलाई शान्ति मिल्ने बताउँदै नेता खतिवडाले चिसो मौसममा विद्यार्थी भाइबहिनीलाई थोरै भए पनि न्यानो मिलोस् भनेर वितरण गरेको बताए ।
बाल मन्दिर स्कूलमा पढ्ने अधिकांश विद्यार्थीको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको स्कूलले जनाएको छ ।
कार्यव्यस्तताले गर्दा स्वीटर र टोपी वितरण गर्न स्वयं उपस्थित हुन नसक्ने भएकाले नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सचिव तथा सुनकोशी गाउँपालिका अध्यक्ष रुद्र अधिकारी, सिद्धिचरण नगरपालिका–१० का वडाध्यक्ष विनोद केसी र समाजसेवी कोपिला श्रेष्ठ लगायतले वितरण गरेका थिए ।



खतिवडाले यसअघि आफ्नो जन्मदिनमा बालबालिकालाई किताब बोक्ने झोला र ह्वाइट बोर्ड वितरण गरेका थिए । ‘यसपटक पनि जन्मदिनमै वितरण गर्ने योजना थियो तर बनाउने ठाउँमा ढिलो गरेकाले पुस २४ गते जन्मदिनमा वितरण गर्न सकिएन,’ खतिवडाका स्वकीय सचिव हुकुम राईले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।