काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्व मन्त्री गगनकुमार थापा आज शनिबार सिन्धुपाल्चोकको मेलम्ची जाने भएका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध हुने कार्यक्रममा सहभागी हुन नेता थापा मेलम्ची जान लागेका हुन् ।
ओली सरकारको असंवैधानिक कदमविरुद्ध हुने बृहत् सभामा सहभागी हुन नेता थापाले अनुरोध गरेका छन् ।
उनले फेसबुकले लेखेका छन्, ‘आज दिउँसो ठीक ११ बजे मेलम्ची बजारमा, सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध हुने बृहत् सभामा सहभागी हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’
विरोध सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।