काठमाडौं – तत्कालीन नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खटपट परेर छुट्टै पार्टी नयाँ शक्ति खोलेका डा. बाबुराम भट्टराई प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको सहारामा चुनाव जिते ।
कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर डा. भट्टराईलाई सहयोग गरेको थियो । कांग्रेसले भोट नदिएको भए भट्टराई एक्लैको पार्टीले जित्ने सम्भावना थिएन ।
तर कांग्रेसको भोटले चुनाव जितेका डा. भट्टराईले गुन बिर्सिएका छन् । गुन मात्रै बिर्सिएका छैनन्, पटक–पटक कांग्रेसलाई नै होच्याउने अभिव्यक्ति दिने गरेका छन् ।
शुक्रबार शहीद दिवसको दिन बिहान–बिहानै डा. भट्टराईले कांग्रेसलाई होच्याउने गरी ट्वीट गरेका छन् । नेपाली राजनीतिक परिवर्तनमा २००७ सालदेखि नेतृत्वदायी भूमिकामा रहेको कांग्रेसलाई डा. भट्टराईले सहयोगी मात्रै देखेका छन् भने आफू सहभागी भएको माओवादी जनयुद्धलाई मुख्य वाहक भनेका छन् ।
उनले लेखेका छन्, ‘समकालीन नेपालमा माओवादी जनयुद्ध, मधेश विद्रोह/आन्दोलन, जनजाति आन्दोलन, थारू विद्रोह, दलित आन्दोलन, नागरिक आन्दोलन नै अग्रगामी परिवर्तनका मुख्य वाहक हुन् । कांग्रेस–एमाले सहयोगी हुन् । अतः अहिले ओली प्रतिगमनविरुद्ध मोर्चा कस्ने र प्राप्त उपलब्धीको रक्षा गर्दै अघि बढ्ने यिनकै दायित्व हो है ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।