काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा संसद विघटनको विरोधमा नेपाली कांग्रेसले ठूलो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भातृ संस्था, माघ २४ गते शुभेच्छुक र माघ ३० गते सबै जिल्लामा ओली सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
माघ ३० गते काठमाडौंका ३ जिल्लाको कार्यक्रम भने एकीकृत रूपमा गरेर व्यापक जनप्रदर्शन गर्ने तयारी कांग्रेसले गरेको छ ।
कांग्रेसले संसद विघटन असंवैधानिक भएको ठहर गर्दै लगातार आन्दोलन गरिरहेको छ । यसअघि कांग्रेसले जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा स्तरमा समेत आन्दोलन गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।