काठमाडौं - गत शनिबार बालुवाटारमा पूर्वमाओवादी लडाकूसँग प्रधानमन्त्री केपी ओलीले बृहत् छलफल गरे । पूर्वजनमुक्ति सेना र बहिर्गमित लडाकूसँग छलफलपछि हल्ला चलाइयो, पूर्वमाओवादी लडाकूले प्रचण्डलाई छाडे, ओली नेकपा प्रवेश गरे ।
तर, पछि लेनिन विष्टले आफूहरू ओली नेकपामा नगएको भनेर स्पष्टीकरण नै दिन बाध्य भए । अहिले सबैको आँखा कालीबहादुर खामतिर परेको छ । खाम केही समयदेखि बालुवाटारमा प्रधानमन्त्री ओलीसँग देखिँदै आएका थिए ।
प्रचण्ड छाडेर ओलीसँग भेटघाट गर्न थालेपछि धेरै अनुमान गरेका थिए, अब खामले पूर्वमाओवादी लडाकू सबै ओली नेकपामै प्रवेश गराउँछन् । तर, अहिले कालीबहादुर खाम र बालुवाटारबीच सम्बन्ध विच्छेद भएको चर्चा सुरु भएको छ ।
बालुवाटारसँग बार्गेनिङ नमिलेपछि खाम जानै छाडेको बताइएको छ । जनमुक्ति सेनाका पूर्वडिभिजन कमाण्डर कालीबहादुर खामको नेतृत्वमा ठूलो संख्यामा लडाकुलाई शनिबार बालुवाटारमा टिका लगाइदिने ओलीको योजना थियो ।
तर, खाम नै नगएपछि ओली तनावमा परेका छन् । स्रोतका अनुसार बालुवाटारसँगको ‘बार्गेनिङ’ नमिलेपछि खाम ओली समूहमा तत्काल नटाँसिने निश्कर्षमा पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।