काठमाडौं - प्रधानमन्त्री केपी ओलीको वास्तविक अनुहार खुल्दै गएको छ । जिन्दगीभर कम्युनिस्ट राजनीतिमा लागेर जीवनको उत्तराद्र्धमा ओली पशुपतिनाथको सहारा लिन पुगेका छन् ।
प्रतिनिधिसभा विघटन गरेर अनिश्चितकालका लागि प्रधानमन्त्री लालसा राखेका ओलीले अहिले हिन्दु धर्मको सहारा लिएका छन् । ओलीको पछिल्लो गतिविधि देशमा संघीयता पनि मास्ने र हिन्दु राष्ट्र पुनःस्थापनातिर उन्मुख भएको धेरैले अनुमान गरेका छन् ।
पुस ५ गतेअघिसम्म सडकमा देखिएका राजावादी ओलीले प्रतिनिधिसभा भंग गरेपछि मौन बस्नुले भित्री खेल अर्कै रहेको बताइएको छ । ओलीले प्रधानमन्त्रीको शपथ लिने बेला ईश्वरको नामसमेत उच्चारण गरेनन् ।
कम्युनिस्टहरु धर्मलाई अफिम ठान्छन् । तर, जिन्दगीभरि धर्मको विरोध गर्दै आएका ओलीले दुई वर्षअघि होलीवाइन लिएका थिए । कम्युनिस्टहरू क्रिस्चियन धर्मलाई आफ्नै ठान्छन् ।
नेपालमा जति पनि क्रिस्चियन बढेका छन्, त्यसमा एमाले र माओवादीको नै मुख्य हात रहेको छ । अहिले पशुपतिनाथ मन्दिरमा गएर डेढ घन्टासम्म पूजाअर्चना गर्ने, सवा लाख दीप प्रज्ज्वलन गर्ने ओली चरित्रलाई धेरै ढोंगी र पाखण्डी भनेर टिप्पणी गर्न थालेका छन् ।
ईश्वरको नाममा शपथ चाहिँ नलिने अनि पशुपतिनाथ मन्दिर गएर पूजाअर्चना गरेकाले पनि ओलीको आलोचना भएको हो । यदि प्रतिनिधिसभा विघटन नगरी उनले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेको भए विरोध होइन, उनको धेरै गुणगान गाइन्थ्यो होला ।
तर, लोकतान्त्रिक शासन व्यवस्थालाई कोमामा लगेर आफू चाहिँ राजा महाराजाको शैलीमा हिँडेपछि ओली आलोचनाको निशानामा परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।