काठमाडौं - शनिबार पूर्वमाओवादी र बहिर्गमित लडाकू बालुवाटारमा भेला भए । दुवै संगठनमा रहेकालाई प्रधानमन्त्री केपी ओलीले नै बोलाउन लगाएका थिए ।
हत्या अभियोग लागेर प्रहरीको खोजीमा रहेका कालीबहादुर खाम र गृहमन्त्री रामबहादुर थापा बादलको प्रयासमा पूर्वमाओवादी लडाकू बालुवाटारमा भेला भएका थिए । तर, ओली निकट नेता कार्यकर्ता र पत्रकारले सामाजिक सञ्जालमा लेखे, पूर्वमाओवादी लडाकू ओली नेकपामा प्रवेश ।
त्यसैलाई आधार बनाएर केही मिडियाले समाचार पनि बनाए । तर, वास्तवमा बालुवाटारमा पूर्वमाओवादी लडाकूको छलफल मात्र भएको थियो । प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गरे आफूले पनि सकेको सहयोग गर्ने भनेर आश्वास दिए ।
प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीका लडाकूहरुको ‘पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेनाको संगठन’ सँग छलफल गरेपछि राजनीतिक माहोल तातेको छ।
ओलीले पूर्वमाओवादीको आलोचना गर्नु र पूर्वलडाकूलाई आफूतिर तान्नुले राजनीति तरंगित भएको हो । पूर्वलडाकू संगठनका अध्यक्ष टुकबहादुर थापा र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितले छलफलमा भाग लिएका थिए। तर, ओली निकटले प्रचण्डलाई छाडेको भनेर प्रचार गरिदिए ।
अहिले त्यही प्रचार विष्टलगायतका लागि अप्ठेरो बनेको छ । लेनिन विष्टले आफूहरुले प्रधानमन्त्रीसँग छलफल गरेको, तर अहिले नै ओली नेकपा प्रवेश भने नगरेको खुलाएका छन् । ‘प्रधानमन्त्रीले पूर्वलडाकूहरुका बारेमा राहत दिने भन्नु भएको छ, पार्टी नै प्रवेश चाहिँ होइन,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।