आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विरोध सभामा ५८ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश, रामहरि खतिवडाले गरे स्वागत 

विरोध सभामा ५८ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश, रामहरि खतिवडाले गरे स्वागत 

  • मिडिया डबली
  • बिहिवार, माघ ८ २०७७

  • 6.4K
    SHARES

  • विरोध सभामा ५८ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश, रामहरि खतिवडाले गरे स्वागत 

    काठमाडौं – ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका–९ कटुन्जेमा आयोजित संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध लोकतान्त्रिक संविधान रक्षाका पक्षमा आयोजित विरोध सभामा तत्कालीन नेकपा एमालेका पूर्व वडा सदस्य फागुकुमारी सुनुवार लगायत कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेकपाका संगठन सदस्यहरू सुवास केसी, ओम भुजेल, नवीन भुजेल लगायत ५८ जना नेकपा कार्यकर्ता बिहीबार कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले स्वागत गरेका छन् ।

    विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले ओली र कम्युनिस्टहरूले सरकार चलाउन नसकेको बताए । ‘जनताले निर्वाचित गरेको संसदको हत्या भएको छ,’ खतिवडाले भने, ‘कम्युनिस्टलाई संस्कार सिकाउँछौं भनेका थियौं । संसदीय व्यवस्था नमान्नेलाई संसदवादी बनायौं । शिक्षक मार्नेलाई संसदमा लग्यौं । ओली र नेकपाले संसद विघटन गरेर जनतामाथि ठूलो घात गर्नुभएको छ ।’

    140633635_2192104117599914_6127414770913482707_n.jpg

    पार्टी प्रवेशमा कांग्रेस जिल्ला पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा, जिल्ला उपसभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, युवा नेता अशोक कार्की, कमल तामाङ, बालकृष्ण दाहाल र सर्वधन तामाङले स्वागत गरेका नेता खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend