आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसले चुनाव हारेर फाइदै भयो : विश्वप्रकाश शर्मा, पढ्नुहोस् रोचक कथा !

कांग्रेसले चुनाव हारेर फाइदै भयो : विश्वप्रकाश शर्मा, पढ्नुहोस् रोचक कथा !

  • मिडिया डबली
  • शनिवार, माघ ३ २०७७

  • 11.4K
    SHARES

  • कांग्रेसले चुनाव हारेर फाइदै भयो : विश्वप्रकाश शर्मा, पढ्नुहोस् रोचक कथा !

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले गत निर्वाचनमा कांग्रेसले हारेर फाइदै भएको दाबी गरेका छन् ।

    शनिबार भक्तपुरको मध्यपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले चुनावमा हारेर कांग्रेसलाई फाइदा भएको बताए ।

    उनले रोचक कथा सुनाउँदै कांग्रेसलाई भएको फाइदाबारे प्रष्ट पार्न खोजे ।

    यस्तो छ कथा –

    राजा अकबर र उनका मन्त्री वीरबल एकदिन सँगै बसेर आँप खाइरहेका थिए । छुरीले आँप ताछ्दै खाँदै गरिरहेको बेला अकबरको औला छुुरीले काटेछ । राजाको औला काटेको देखेपछि हत्तपत्त रानी आएर सारीको टुक्रा च्यातेर औलामा बाँधिदिइछन् । त्यो देखेका बीरबलले भनेछन् – जे भयो महाराज ठीकै भयो । अकबरले झोक्किँदै भनेछन् – हात काटेर रगत आएको बेला ठीक भयो भन्ने ? बीरबलले फेरि भनेछन् – जे हुन्छ ठीकै हुन्छ । 

    रिसाएका अकबरले सेना बोलाएर भनेछन् – टाउको तल खुट्टा माथि राखेर वीरबललाई थुन । भोलिपल्ल बिहान अकबर एक्लै शिकार गर्न गएको बेला वन मान्छेले पक्रेछन् । जंगलको राजाले बली चढाउन खोजेको भन्दै अकबरलाई जंगलको राजाकोमा लगेछन् । 

    अकबरले आफू राजा भएको बताएपछि शहरको राजा शहरमा होलास् जंगलमा हुँदैन भनेर बली चढाउने ठाउँमा लगेछन् । बली चढाउने बेलामा जंगलको राजाले अकबरको हातमा काटिएको देखेपछि यो हुँदैन चोखो चाहिन्छ भनेछ । अकबरले आफूले हिजो मात्र बलि चढाएको भनेपछि उनी फुत्केर दरबार आएछन् ।  

    बीरबलले हिजो जे भयो ठीकै भयो भनेर ठीकै भनेको रहेछ भनेर अकबरले बीरबलसँग माफी मागेछन् । हिजो औला नकाटेको भए आज मेरो के हाल हुने रहेछ भन्दै वीरबलको खुट्टा छोएर माफ माग्दै भनेछन् – हिजो यो औला नकाटेको भए मेरो बलि दिने रहेछन् ।

    अनि बीरबलले भनेछन् – तपाईंले मलाई थुनेर ठीक गर्नुभयो । तपाईंले मलाई नथुनेको भए शिकार खेल्ने बेला आज मेरो चिलिम फर्किने वाला थियो ।
     
    रोचक कथा सुनाएर प्रवक्ता शर्माले गत चुनावमा कांग्रेस हारेर ठीक भएको बताएका छन् । ‘हामी हारेर ठीकै भएको रहेछ, नहारेको भए कम्युनिस्ट सरकार बन्ने थिएन, कम्युनिस्ट सरकार नबनेको भए जनताको भ्रम टुट्ने थिएन । अहिले जनताले बुझ्ने अवसर पाए, त्यसैले हामीले हारेर पनि ठीकै भयो,’ उनले भने ।  

    प्रवक्ता शर्माले तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरण सैद्धान्तिक आधार विना नै भएको बताएका छन् । ‘माओवादीको डिजेल र जबजको पेट्रोल मिसाइदिएपछि गाडी सिज हुने नै थियो, अहिले त्यहीँ भयो,’ उनले भने ।  

    प्रतिनिधिसभा विघटन गरेर देश अनिश्चयमा फसेकाले कांग्रेस लगायत दलहरू आन्दोलनमा जानुपरेको प्रवक्ता शर्माले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend