आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेरबहादुर देउवा छिट्टै प्रधानमन्त्री हुने डा. बाबुराम भट्टराईको भविष्यवाणी

शेरबहादुर देउवा छिट्टै प्रधानमन्त्री हुने डा. बाबुराम भट्टराईको भविष्यवाणी

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 9.0K
    SHARES

  • शेरबहादुर देउवा छिट्टै प्रधानमन्त्री हुने डा. बाबुराम भट्टराईको भविष्यवाणी

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अब छिट्टै प्रधानमन्त्री हुने भविष्यवाणी गरेका छन् ।

    आज शुक्रवार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत ‘रिङ आउट’ भइसकेकाले कांग्रेसको हातमा सत्ता जाने दाबी गरे ।

    ‘प्रतिनिधिसभा विघटन गरेर ओलीले अपराध गरे । अदालतको फैसलाले ओलीलाई अब रिङ आउट गर्छ । उनीजस्तो भष्मासुरलाई हुर्काउने प्रचण्ड–नेपाल समेत प्रधानमन्त्री पदका लागि लायक छैनन् । अब कांग्रेसको हातमा सत्ता जान्छ, देउवा प्रधानमन्त्री हुने अवस्था छ,’ भट्टराईले भने ।

    नेकपा फुटेपछि जसपा चौथो दलमा पुग्ने पनि उनले बताएका थिए । चौथो दलले प्रधानमन्त्री दाबी गर्न नमिल्ने भट्टराईले बताए ।

    प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास भट्टराईले व्यक्त गरे । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेर बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend