शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

ओली श्रीपेच लगाएको प्रधानमन्त्री

ओली श्रीपेच लगाएको प्रधानमन्त्री

  • मिडिया डबली
  • बिहिवार, माघ १ २०७७

  • 4.3K
    SHARES

  • ओली श्रीपेच लगाएको प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले यतिबेला आफूलाई देशको संविधान, कानुनभन्दा माथि ठानेको भन्दै व्यापक विरोध भइरहेको छ ।

    प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल पूरा नगरी बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था हुँदाह्ँदै ओलीले यस्तो कदम चालेपछि उनको विरोध भइरहेको हो । ओलीको कदमविरुद्ध अहिले उनकै पार्टी नेकपा (बहुमत), नेपाली कांग्रेस, जसपा, राप्रपालगायत सडकमा छन् ।

    तर, त्यो भन्दा पनि बढी नागरिक समाज आन्दोलित बनेको छ । नागरिक समाजले ओलीको कदमविरुद्ध दोस्रो जनआन्दोलन जस्तै आन्दोलन गर्नुपर्ने ठहर गरेको छ ।

    नागरिक आन्दोलनको नेतृत्व फेरि पनि कृष्ण पहाडी, देवेन्द्रराज पाण्डे, नारायण वाग्लेहरूले गरेका छन् । राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्ध पनि नागरिक समाज यसरी नै आन्दोलित बनेको थियो । विस्तारै देशको माहोल चुनाव होइन, ओलीविरुद्ध सडक आन्दोलनतिर जाने देखिएको छ ।

    ‘अहिलेको अवस्थामा ओलीको असंवैधानिक कदम नसच्याई चुनावमा जानु भनेको श्रीपेच लगाएको प्रधानमन्त्रीलाई स्वीकार्नु हो,’ लेखक तथा पत्रकार नारायण वाग्लेले मंगलबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित नागरिक सभालाई सम्बोधन गर्दै भने ।

    मंगलबार प्रज्ञा डबलीको सभाले तेस्रो जनआन्दोलनको शंखघोषको संकेत गरेको छ । अब नागरिक समाज नै आन्दोलनमा उत्रिएपछि आफूलाई श्रीपेच लगाएको भ्रम पाल्ने ओलीको दिनगन्ती सुरु भएको विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend