आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विश्वप्रकाश शर्माले सबैलाई शुभकामना दिँदै सम्झिए यी जिम्मेवारी !

विश्वप्रकाश शर्माले सबैलाई शुभकामना दिँदै सम्झिए यी जिम्मेवारी !

  • मिडिया डबली
  • सोमवार, पौष २७ २०७७

  • 6.6K
    SHARES

  • विश्वप्रकाश शर्माले सबैलाई शुभकामना दिँदै सम्झिए यी जिम्मेवारी !

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पृथ्वी जयन्तीको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।

    उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पृथ्वीनारायण शाहको एकीकरणले हामीलाई आफ्नो भन्ने माटो र बाटो दिएको जनाएका छन् ।

    उनले लेखेका छन्, ‘पृथ्वीनारायण शाहको नेतृत्वमा भएको भूगोलको एकीकरणले हामीलाई आफ्नो भन्ने माटो अनि भावनात्मक एकीकरणको जिम्मेवारी र बाटो दिएको छ । गौरवमय इतिहासको कदर गर्दै गर्विलो भविष्यको खोजीमा इमान र एकताले समर्पित रहौं । जय नेपाल ! आज पृथ्वी जयन्ती, सबैमा हार्दिक शुभकामना !’

    पृथ्वी जयन्तीकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहलाई सम्झिएकी छन् । शाहको जन्मदिनले सम्पूर्ण नेपालीलाई एकै सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् ।

    २९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सोमवार जारी गरेको सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेकी छन् ।

    ‘नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रको रुपमा रहिआएको छ । विक्रम संवत् १७७९ पुस  २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको जग बसालेको तथ्य हामी सबैमा विदितै छ । विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको थियो,’ राष्ट्रपतिको सन्देशमा उल्लेख छ, ‘बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्य हो । यस सिर्जनात्मक शक्तिको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने निश्चित छ ।’

    पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका स–साना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई शाहले अनुशरण गरेको बताएकी छन् ।

    ‘नेपालको भू–अवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्नका लागि सदा स्मरणीय सन्देशहरू छाडेर जानुभएको छ । उहाँका उपदेशले राष्ट्रिय आत्मनिर्भता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन्,’ सन्देशमा उल्लेख छ,’  हाम्रा पूर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको छ । आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको छु ।’

    राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गरी आत्मनिर्भर र समाजवाद उन्मुख सुदृढ अर्थतन्त्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत व्यक्त गरेकी छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend