काठमाडौं - दुई सय वर्षपछि अमेरिकी संसदमा बुधबार राति आक्रमण भयो । सो आक्रमणको संयुक्त राष्ट्रसंघ, चीन, भारत, बेलायतदेखि सबै देशले विरोध जनाए ।
तर, नेपालले अहिलेसम्म एक शब्द पनि बोलेको छैन । आफ्नै बुद्धिले छँदा खाँदाको प्रतिनिधिसभा भंग गरेकाले प्रधानमन्त्री केपी ओलीलाई अमेरिकी संसदमा भएको हिंस्रक हमलाप्रति विरोध जनाउन आपत आइलागेको बताइएको छ ।
पछिल्लो समय अमेरिकाले नेपाललाई विभिन्न आर्थिक सहयोग गर्दै आएको छ । त्यसमा पनि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत ५५ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको छ ।
एक वर्षअघि नै एमसिसीलाई संसदबाट अनुमोदन गराइसक्नुपर्नेमा अहिलेसम्म पनि पास गरिएको छैन । अमेरिकाले पटक पटक एमसिसी पारित गर्न दबाब दिँदै आएको छ । तर, प्रधानमन्त्री ओलीले संसद् नै विघटन गरिदिए ।
प्रधानमन्त्रीको तहमा मात्र होइन, राष्ट्रपति स्तरमा पनि अमेरिकाको संसदमा भएको आक्रमणको विरोध जनाउनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेवास्ता गरेकी छन् । अमेरिकी सरकारले नेपालको यस्तो बेवास्ताप्रति नोटिस गरेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।