शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

एक वर्षदेखि सिंहदरबार नटेकेका ओली देश दौडाहामा, प्रधानमन्त्री पदकै अपमान

एक वर्षदेखि सिंहदरबार नटेकेका ओली देश दौडाहामा, प्रधानमन्त्री पदकै अपमान

  • मिडिया डबली
  • शुक्रवार, पौष २४ २०७७

  • 5.9K
    SHARES

  • एक वर्षदेखि सिंहदरबार नटेकेका ओली देश दौडाहामा, प्रधानमन्त्री पदकै अपमान

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले नयाँ तानाशाहको जामा पहिरिएका छन् । त्यसैले उनलाई आफूले जे गरेको छु, त्यो एकदम सही गरेको छु भन्ने भ्रम परेको छ । यस्तै, हठीले ओलीले प्रधानमन्त्री पदकै गरिमा ख्याल गर्न सकेका छैनन् ।

    एक वर्षअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओली अहिलेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा टेकेका छन् । विश्वका हरेक देशका कार्यकारी प्रमुख सरकारी कार्यालय जाने गर्छन् ।

    त्यहाँ बसेर देशको विकासबारे छलफल गर्छन् । योजना बनाउँछन् । विदेशी कूटनीतिज्ञ र प्रतिनिधिमार्फत आफ्नो देशमा लगानी गर्न आग्रह गर्छन् । तर, नेपाल र नेपालीको भाग्य नै खोटो मान्नुपर्छ ।

    किनभने देशले यस्तो मुखाले प्रधानमन्त्री पाएको छ, जो सरकारी कार्यालय जानुपर्छ भन्ने हेक्कासमेत राख्दैन । आफ्नो लहड र हठले प्रतिनिधिसभा भंग गरेर आफ्नै पार्टीका नेतालाई तथानाम गाली गर्छ ।

    सार्वजनिक कार्यक्रममा गएर हास्यकलाकार झैं प्रस्तुत हुन्छन् । सिंहदरबार जानै नचाहने प्रधानमन्त्री ओली आजदेखि देश दौडाहमा जाने भएका छन् । पार्टी विभाजित भएपछि र संसद् भंगको औचित्य पुष्टि गर्न उनी आजदेखि जिल्ला जिल्ला जाने भएका हुन् ।

    ओलीले आज धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्ने भएका छन् । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

    नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । जनसभाको तयारीका लागि मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरीसहित अन्य नेताहरु केही दिनदेखि धनगढीमै अड्डा जमाएर बसेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend