शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेकपा देश–विदेशसम्म दुई चिरा !

नेकपा देश–विदेशसम्म दुई चिरा !

  • मिडिया डबली
  • शुक्रवार, पौष २४ २०७७

  • 3.5K
    SHARES

  • नेकपा देश–विदेशसम्म दुई चिरा !

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अझै पनि सत्तारुढ नेकपा विभाजन भएको विश्वास छैन । केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल कम्युनिस्ट हुन्, एउटा आत्मालोचना गर्दै फेरि हामी एक भयौं भन्ने अवस्था नआउला भन्न नसकिने उनको निष्कर्ष छ ।

    सोही कारण देउवाले आफू निकट नेताहरूलाई भन्ने गरेका छन्, ‘जबसम्म नेकपा विभाजन भएर अलग अलग चुनाव चिन्ह र झन्डा पाउँदैनन्, तबसम्म कांग्रेस एक्लै आन्दोलनमा हिँड्नुपर्छ ।’ ठ्याक्कै देउवाले निकालेको निष्कर्ष जस्तै छ अहिले नेकपाका नेताको अवस्था । पार्टी फुटेर देशदेखि विदेशसम्म दुई चिरा परिसकेको छ ।

    एकले अर्कोलाई मनपरी गालीगलौज गरेको छ, कारबाही गरेको छ, भएको पद खोसिएर अर्को ल्याएको छ । अविश्वास प्रस्ताव ल्याएर हटाउन लागिएको छ । संसदीय दलको नेताबाट हटाइएको छ ।

    यी सबैका बाबजुद पनि नेकपा विभाजन भएको स्वीकान ओली, प्रचण्ड–माधव नेपाल पक्ष स्वीकार्न तयार छैनन् । यो कुनै काल्पनिक हो्रइन, यथार्थ तथ्य हो ।

    पार्टीको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा परेको मुद्दाबारे आयोगले नै यस्तो निष्कर्ष निकालेको हो । पार्टी विभाजन भएको स्वीकार्न दुवै पक्ष तयार भएको भए एउटा मूल पार्टी र अर्को नयाँ पार्टी हुन्थ्यो ।

    तर, दुवै पक्षले आफैं असली नेकपा भएको र चुनाव चिन्ह पनि सूर्य नै भएको दाबी गरेपछि निर्वाचन आयोगले गर्ने कानुनी प्रक्रिया अलमलमा परेको छ । प्रचण्ड–माधव नेपाल पक्षले आयोगलाई लेखेको जवाफी पत्रमा यस्तो भनिएको छ, ‘यस पार्टीले त्यस आयोगलाई दिएको उल्लेखित सबै विधिवत् पूर्वजानकारी पत्रानुसार यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई यस पार्टीको तेस्रो पूर्ण बैठकको निर्णय अनुसार अनुशासन उल्लंघनमा कारबाही गरी अध्यक्ष पदबाट हटाई सो पदमा पार्टीको बरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष पदमा चयन गरेको हुँदा पदाधिकारी हेरफेर व्यहोरा राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ अन्तरगत पदाधिकारी हेरफेर भएको व्यहोरा जनाई दल दर्ता कितावमा अभिलेख राखी अध्यावधिक गरिदिनु हुन सादर अनुरोध गर्दछौं ।’ ओली पक्षले पनि यस्तै दाबी गर्दैै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend