काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले ओखलढुंगाका सडक र पक्की पुलहरू सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवसँग खबरदारी गरेका छन् ।
मन्त्री वसन्त नेम्वाङलाई भेटेर नेता खतिवडाले ओखलढुंगाका विभिन्न विकास आयोजना सञ्चालन गर्न माग गरेका छन् ।
भेटमा मन्त्री वसन्त नेम्वाङले मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नतिको लागि ३० करोड रुपैयाँ छुट्याएको जानकारी दिए । नेता खतिवडाले माग गरेका अन्य योजनालाई निरन्तरता दिने प्रतिबद्धता मन्त्री नेम्वाङले जनाएका छन् ।
पूर्वको हुम्ला भनेर चिनिएको ओखलढुंगाका विभिन्न आर्थिक वर्षमा छुट्याइएका योजनाहरू अलपत्र अवस्थामा रहेकाले ती सञ्चालन थर्न सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराइएको खतिवडाले जानकारी दिए ।
यस्ता छन् माग गरिएका योजना –
१. साघुटार–घोराखरी–ओखलढुंगा सिलौरीघाट सडक कालोपत्रे ।
२. लिखु–एकवार सडक निर्माण ।
३. मोलुङ–एकवर सडक निर्माण ।
३. दुधकोशी–एकवार सडक निर्माण ।
४. ढाडे–सिरिसे–रगनी खिजिदेम्बा १ हुँदै रावदोलु सडक निर्माण ।
५. नवलपुर–पलापु–कोषभञ्ज्याङ हुँदै ककणी सडक ।
६. घोराखरी–श्रीचौर कडक निर्माण ।
७. मध्यपहाडी अन्तर्गत बहादुर खोला पुल, खाङ्साङवेशी खोलामाथिको पक्की पुल र सोखु खोला पक्की पुल निर्माणलाई तीव्रता ।
८. प्रदेश नम्बर १ जाने बाटो निर्माण ।
९. मिर्चैया–कटारी–घुर्मी सडकस्तर उन्नति कालोपत्रे ।
१०. खार्ते खोला पुल निर्माण ।
११. पोकतुङ्ग खोला पुल निर्माण ।
१२. ओखलढुंगा सुनकोशी गाउँपालिका र सिन्धुली फिक्कल गाउँ जोड्ने पक्की पुल निर्माण ।


डेलिकेसनमा ओखलढुंगा कांग्रेस जिल्ला पार्टी उपसभापति तेजेन्द्र खनाल, उदयपुर महासमिति सदस्य कृष्ण राउत, कांग्रेस नेता अशोक कार्की, युवा नेता प्रकाश दाहाल, विकास राई, माधव खतिवडा, अनुपम सापकोटा र निश्चल खतिवडा सहभागी रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।