काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले आफ्नो जन्मदिनको अवसरमा दुःखी, गरीबलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
स्वास्थ्य खराब रहेका कारण आजै सहयोग गर्न नसकिएको जनाउँदै अध्यक्ष विष्टले स्वास्थ्य ठीक भएपछि सहयोग रकम हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् ।
अध्यक्ष विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले जन्मदिनको उपलक्ष्यमा केक काटेर खर्च गर्ने पैसा सदैव दुःखी, गरीब र मानव आश्रम, व्यवसायी राहत कोष तथा धुर्मुस सुन्तली क्रिकेट रंगशाला निर्माण जस्ता पुण्य काममा सहयोग गर्दै आएको छु।'
'आज मेरो पर्न गएको जन्म दिनको दिन मेरो स्वास्थ्य खराब रहेको कारण स्वास्थ्य ठीक हुने बित्तिकै वीरेन्द्रनगर नगरपालिका–१बस्ने मेरुदण्ड भाँचिएका जितु नेपालीको अपाङ्ग मैत्रीपूर्ण घर बनाउनलाई ११ हजार रुपैयाँ र वडा नम्बर ८ बस्ने पञ्ची नेपालीको दुवै आँखा मेरो व्यक्तिगत खर्चमा जन्मदिनको उपलक्ष्यमा अप्रेसन गर्दिने प्रतिबद्धतासहित घोषणा गर्न चाहन्छु ।'
'मैलै रु. २५ हजार सहयोग गरेको पैसाले एक मुस्लिम आमा दुवै आँखा देख्ने हुनुभएको खबरले एकदमै खुशी छु । उहाँले आँखा नदेख्दा मैले गरेको सहयोग अहिले देख्ने भएपछि मलाई आशिर्वाद दिने रे, उहाँलाई पनि भेट्ने छु । आज म धर्तीमा पाईला टेकेको सुवर्ण दिन भगवान् रूपी जन्मदिने बाबा, आमालाई धन्यवाद दिँदै ... मलाई फोन, म्यासेज र फेसबुकबाट जन्म दिनको शुभकामना दिने सम्पूर्णमा हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’
अध्यक्ष विष्टले यसअघि समेत विभिन्न दुःखी गरीबलाई सहयोग गरिसकेका छन् ।









मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।