शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

विद्यालयको मैदान बनाउन तरुण अध्यक्ष विष्टले गरे १ लाख सहयोग

विद्यालयको मैदान बनाउन तरुण अध्यक्ष विष्टले गरे १ लाख सहयोग

  • मिडिया डबली
  • मंगलवार, श्रावण ५ २०७८

  • 5.0K
    SHARES

  • विद्यालयको मैदान बनाउन तरुण अध्यक्ष विष्टले गरे १ लाख सहयोग

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले विद्यालयको मैदान निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ धारापानी पोखरीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको मैदान निर्माणका लागि १ लाख रुपैयाँ नगद सहयोग गरिएको छ ।

    तरुण अध्यक्ष तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेशका अध्यक्ष हरि विष्टले फिल्ड निर्माणका लागि व्यक्तिगत सहयोग गरेका छन् ।

    विद्यालयको मैदान निर्माणका लागि सरकारी निकायबाट आर्थिक सहयोग नभएपछि विद्यालयको पहलमा आफूले व्यक्तिगत सहयोग गरेको विष्टले बताए ।

    ‘विद्यालयको फिल्ड राम्रो नहुँदा बालबालिकालाई खेलकुदका लागि समस्या हुने गरेको गुनासो विद्यालयले गरेको थियो,’ उनले भने, ‘फिल्डको अवलोकन गर्दा १ लाखमै फिल्ड मर्मत गर्न सकिने देखिएपछि रकम सहयोग गरिएको छ ।’

    फिल्ड निर्माणका लागि विष्टले मंगलबार औपचारिक कार्यक्रममार्फत् विद्यालयलाई १ लाख रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज विक र विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ढुंगानालाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

    चेक ग्रहण गर्दै विव्यस अध्यक्ष विकले फिल्ड निर्माणका लागि गरिएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

    विद्यालयमा दलित विद्यार्थीको संख्या धेरै भएको भन्दै विद्यालयका प्रधानाध्यापक ढुंगानाले लक्षित विद्यालयलाई सहयोग गरेको भन्दै प्रशंसा गर्दै विद्यालयका जीर्ण भवनको मर्मत सुधार लगायतका अन्य गतिविधिमा थप सहयोगको अपेक्षा गरेको बताएका छन् ।

    विद्यालयको फिल्ड निर्माणको लागि राजु मगरातीको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति समेत गठन भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend