काठमाडौं – संघीय राजधानी काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च भएपछि सरकारले सर्वसाधारणका केही काम बन्द गर्न अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अपिल गर्दै प्रदूषणबाट जोगिने ५ बुँदे अपिल जारी गरेको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अपिल जारी गर्दै घर बाहिर ननिस्कन अपिल गरेका छन् ।
सरकारी अपिलमा मर्निङ वाक नगर्न र घर बाहिर शारीरिक व्यापाम नगर्न पनि अपिल गरिएको छ ।
फोहोरको उचित व्यवस्थापन गर्न र फोहोर जलाउने काम बन्द गर्न समेत केन्द्रले आग्रह गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।