शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

प्रचण्ड भारत गएको मौका पारी पूर्वएमाले एकजुट बनाउन बालुवाटारको यस्तो रणनीति

प्रचण्ड भारत गएको मौका पारी पूर्वएमाले एकजुट बनाउन बालुवाटारको यस्तो रणनीति

  • मिडिया डबली
  • मंगलवार, पौष २१ २०७७

  • 10.8K
    SHARES

  • प्रचण्ड भारत गएको मौका पारी पूर्वएमाले एकजुट बनाउन बालुवाटारको यस्तो रणनीति

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रममा जति नै प्रचण्ड र माधवकुमार नेपालहरुलाई गालीगलौज गरेर उडाए पनि नेकपा विभाजन भएकोमा निकै खिन्न छन् ।

    खासगरी पूर्वएमालेको ठूलो पंक्तिले आफूलाई छाडेपछि ओलीमा चिन्ता बढेको हो । पार्टीका युवा नेता र तठस्थ बस्दै आएका नेताहरूले पूर्वएमालेलाई फर्काउन प्रधानमन्त्री ओलीलाई सल्लाह दिएपछि बालुवाटारले नयाँ रणनीति अख्तियार गरेको छ ।

    स्रोतका अनुसार पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत गएको मौका पारी बालुवाटारले नयाँ नीति अख्तियार गरेको छ ।

    त्यसको संकेत सोमबार नै देखिइसकेको छ । ओली निकट नेताहरु ईश्वर पोखरेल र शंकर पोखरेलले क्रमशः सिरहा र चितवनमा पूर्वमाओवादी पक्षका नेताहरुको मात्र आलोचना गरेको, पूर्वएमाले पक्षका नेताहरूबारे उच्चारणसमेत गरेनन् ।

    ईश्वर पोखरेलले प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध ल्याएको राजनीतिक प्रस्ताव फिर्ता गरे र निर्वाचन स्वीकार पार्टी एक हुने घोषणा गरे । अर्कोतर्फ चितवनमा शंकर पोखरेलले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्नकै लागि प्रतिनिधिसभा भंग गरिएको खुलासा गरे । उनले प्रचण्डकै कारण अहिलेको अवस्था आएको भन्दै पूर्वएमाले नेताहरुबारे केही भनेनन् ।

    स्रोतका अनुसार बालुवाटारले अहिले प्रचण्डतिर लागेका पूर्वएमाले पक्षका नेतालाई फकाउने नीति अख्तियार गरेको छ । माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेतालाई आफूतिर तान्न सके पूर्वमाओवादी पक्षका नेता मात्रै चोइटिने, त्यसलाई आफ्नो पक्षलाई खासै फरक नपर्ने बालुवाटारको बुझाई छ । बालुवाटारलाई यो कदम चाल्न वामदेव गौतमले भित्रभित्रै खेलिरहेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend