शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

जथाभावी बोल्न थाले केपी ओली, प्रचण्ड–नेपाललाई सोच्नै नसकिने कुरा भने !

जथाभावी बोल्न थाले केपी ओली, प्रचण्ड–नेपाललाई सोच्नै नसकिने कुरा भने !

  • मिडिया डबली
  • आइतवार, पौष १९ २०७७

  • 6.4K
    SHARES

  • जथाभावी बोल्न थाले केपी ओली, प्रचण्ड–नेपाललाई सोच्नै नसकिने कुरा भने !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायतलाई संकेत गर्दै ‘श्रद्धाञ्जलि दिन हुन्थ्यो’ भनेर जथाभावी बोलेका छन् ।

    प्रधानमन्त्रीले जीवितै नेताहरूलाई लक्षित गर्दै श्रद्धाञ्जलितर्फ संकेत गरेर बोल्नु कसैले पत्याउनै नसकिने कुरा भए पनि ओलीले यस्तै बोलेका छन् ।

    काठमाडौंको कार्की बैङ्क्वेटमा आईतबार आयोजित आफूनिकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छुट्टै बैठक गरेका नेताहरूको कडा आलोचना गरेका छन् ।

    ‘तपाईंहरू शहीद भएर गएको भए श्रद्धाञ्जलि दिन हुन्थ्यो । तपाईंहरू शहीद त होइन । अब तपाईंहरूलाई कार्यक्रमहरूमा स्मरण गर्नुपर्ने आवश्यक छैन । खाली तपाईंहरूले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो,’ कार्यक्रममा ओलीले भने, ‘तपाईंहरूले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ अत्तर छर्किनुपर्छ ।’

    यतिधेरै आलोचनायुक्त अभिव्यक्ति दिएपनि ओलीले फेरि प्रचण्ड–नेपाल पक्षका नेताहरूलाई पार्टीमा आउन आग्रह गरेका छन् । नेताहरूमा कुर्सीको पीर भएकाले कुर्सी यथावत् राखिएको तर्क गर्दै ओलीले भने, आउनुस् । तर उहाँहरू आउनुभएन भने पनि यो अभियान अगाडि बढ्छ । २–४ वटा पीलो निचोरियो भने पनि बजन घटेको हुन्न भनेजस्तै अझ पीडारहित भएर अगाडि बढ्छ ।’ केही दिनयता ओली अर्काे पक्षका नेताहरू प्रचण्ड–नेपालप्रति निकै आक्रामक देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend