काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वडावडा तहसम्मका कार्यकर्तालाई जिम्मेवारी दिने गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
आईतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ गतेदेखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम निर्धारण गरेको छ । वडा तहसम्मका कार्यकर्तामाथि विरोध कार्यक्रम सफल बनाउने जिम्मेवारी आएको जनाइएको छ ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने जनाएका छन् । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६ हजार ७४३ वटै वडामा प्रदर्शनको कार्यक्रम तय भएको नेता पौडेलले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिन कांग्रेसले कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । यसअघि कांग्रेसले पुस १३ गते निर्वाचन क्षेत्र स्तरमा विरोध कार्यक्रम गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।