काठमाडौं – पछिल्लो समय संसद विघटन गरेपछि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब विपक्षी तथा नेकपाका शीर्ष नेताहरुलाई कडा प्रहार गर्न थालेका छन् । केही समय यता प्रधानमन्त्री ओलीले आफ्ना भाषणमा कडा टिप्पणी गर्न छाडेका थिए ।
तर, अब प्रचण्ड–नेपाल समूहको नेकपाका नेताहरुविरुद्ध बोल्दा उनले पहिलेकै जस्तो उखान तुक्का जोड्ने मात्र होइन, पहिले जस्तै कडा टिप्पणी गर्न थालेका हुन् । आफ्नो सरकारमाथि बारम्बार आरोप लाग्न थालेपछि प्रधानमन्त्री ओलीले सरकारको कामबारे पनि बोल्न थालेका छन् ।
यही क्रममा शनिबार काठमाडौं कमलादीमा भएको आफ्नो समूहको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कडा प्रतिक्रिया दिएका हुन् । उनले कार्यक्रममा आफूलाई केही नगरेको आरोप लगाउनेहरुले अब आफूलाई भारतका प्रत्येक मान्छेले समेत चिन्ने अवस्था आइसकेको बताएका थिए
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।