शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

शुभकामनामा पनि प्रचण्ड र माधव नेपाललाई नछाड्ने ओलीले चुनावबारे ‘च’ सम्म उच्चारण गरेनन्

शुभकामनामा पनि प्रचण्ड र माधव नेपाललाई नछाड्ने ओलीले चुनावबारे ‘च’ सम्म उच्चारण गरेनन्

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 4.5K
    SHARES

  • शुभकामनामा पनि प्रचण्ड र माधव नेपाललाई नछाड्ने ओलीले चुनावबारे ‘च’ सम्म उच्चारण गरेनन्

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीका मन्त्री तथा निकट नेताहरू वैशाखमा चुनाव हुने दाबी गर्दै आएका छन् । सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि चुनाव हुने रटान लगाएका छन् ।

    तर, अंग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबार बिहान प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा चुनावबारे एक शब्द चर्चा गरेका छैनन् । यसैबाट ओलीले घोषणा गरेको चुनाव नहुने चुनाव हो भन्ने प्रष्ट हुने बताउन थालिएको छ ।

    घोषित चुनावमा प्रधानमन्त्री ओली र उनको टोलीलाई नै विश्वास छैन । तैपनि लोकलाजका लागि चुनाव चुनावको रटान लगाउन भने छाडेका छैनन् ।

    प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा पनि आफ्ना विरोधी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताको सत्तोश्राप गरिएको छ ।

    उनले प्रचण्ड नेपाल समूहप्रति लक्षित गर्दै भनेका छन्, ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा सारेर अघि बढेको थिएँ, तर पार्टीमा विकास नचाहने विमुख नेताहरूले गर्न दिएनन् ।’

    सार्वजनिक कार्यक्रममा त ओलीले प्रचण्ड र माधव नेपाललाई उडाएका थिए, तर शुभकामना सन्देशमा पनि उछितो काढ्न छोडेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend