शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

केपी ओली ‘बा’ भन्नेको चुरीफुरी बढ्यो, जेल हालिदिनेसम्मका घुर्की !

केपी ओली ‘बा’ भन्नेको चुरीफुरी बढ्यो, जेल हालिदिनेसम्मका घुर्की !

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 5.9K
    SHARES

  • केपी ओली ‘बा’ भन्नेको चुरीफुरी बढ्यो, जेल हालिदिनेसम्मका घुर्की !

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेपछि उनी निकट नेताहरूले विरोधीलाई तह लगाउन संघीयता खारेज गर्ने, सबैलाई भ्रष्टाचारको आरोपमा जेल हाल्नुपर्ने तर्क गरिरहेका छन् । अझ उनीहरू पार्टी विभाजन भएपछि विक्षिप्त जस्तै बनेका छन् ।

    सोही कारण आफ्ना विरोधीलाई कारबाहीको डण्ड बर्साउनुपर्ने बताउन थालेका छन् । यसैक्रममा नेकपा नेतृ एवं विघटित प्रतिनिधिसभा महिला तथा सामाजिक समितिकी सभापति निरु पालले संघीयता खारेज गर्नुपर्ने बताएकी छन्।

    बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संघीयता खारेज गरेर निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएकी हुन्। उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्को सिट १०५ केन्द्रको मन्त्रिमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस्, नेपाली जनताको मनमस्तिस्कमा सधै बस्नुहुनेछ।

    मेरो ब्यक्तिगत बिचार।’ गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा छ। पार्टीसमेत विभाजन भएकाले ओली निकट नेताहरुलाई असैह्य भएको छ ।

    सोही कारण उनीहरू बर्बराउन थालेका छन् । निरु पाल उनै हुन्, जो नयाँ बानेश्वरमा कसैले आफूलाई हत्या गर्न बन्दुक प्रहार गरेको भनेर चर्चामा आएकी थिइन् । उनले चर्चामा आउनकै लागि यस्तो भनेको पुष्टि भइसकेको छ ।

    अहिलेसम्म पनि उनलाई सांघातिक हमला गर्न खोज्नेको प्रहरीले पहिचान गर्न सकेको छैन । निरु पाल बालुवाटारको भित्रैसम्म पहुँच राख्न सक्ने नेतृ हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend