शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

संसद विघटन गरेका ओलीले भने : राजनीतिक स्थितरता चाहिन्छ

संसद विघटन गरेका ओलीले भने : राजनीतिक स्थितरता चाहिन्छ

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 3.6K
    SHARES

  • संसद विघटन गरेका ओलीले भने : राजनीतिक स्थितरता चाहिन्छ

    काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न राजनीतिक स्थिरता  अपरिहार्य रहेको बताएका छन् । 

    आजबाट सुरु भएको नयाँ वर्ष सन् २०२१ अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले  व्यक्तिहरुका निजी आकाङ्क्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा अघि बढिरहेको बताएका हुन् ।

    आगामी दिनमा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन गरिने ओलीको भनाइ छ । 

    'हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौं । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सु–स्थिर राजनीति अपरिहार्य छ । तर, अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक व्यवधानहरुको सामना गर्नुप¥यो,' शुभकामना सन्देशमा भनिएको छ ।

    यसका बावजूद मुलुक निर्माणको प्राथमिकताबाट विमूख व्यक्तिहरुका निजी आकाङ्क्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा अविचलित निष्ठासाथ अघि बढिरहेको बताएका छन् ।

    'आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौं,' शुभकामना सन्देशमा भनिएको छ ।

    प्रधानमन्त्री ओलीले सन् २०२० मा नेपाललाई हामीले निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रुपमा स्थापित गर्न सफल भएको दाबी समेत गरेका छन् । 

    यातायात पूर्वाधार, पुल, रंगशाला, पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको जिकिर समेत गरेका छन् ।

    'भर्खरै बिदा भएको सन् २०२० मा नेपाललाई हामीले निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रुपमा स्थापित गर्न सफल भएका छौं । संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरुप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ हामी उन्मूख छौं । वितेको वर्षमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं । यातायात पूर्वाधार, पुल, रंगशाला, पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौं ।'

    ओलीको जिकिर छ, 'हामीले यही अवधीमा विकासका केही दूरगामी योजनाहरु थालनी गर्‍यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न गर्‍यौं । पाँच वर्ष अघिको बिनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माणलाई एकाध बाहेक निश्कर्षमा पुर्‍याउने सफलता प्राप्त गरेका छौं । ब्यावसायका लागि सुरक्षित राष्ट्रका रुपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं । फलस्वरुप आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रबृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित हुन थालेको छ ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend