आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पोखरा पुगेर रामचन्द्र पौडेलले गरे यस्तो खुलासा

पोखरा पुगेर रामचन्द्र पौडेलले गरे यस्तो खुलासा

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 4.4K
    SHARES

  • पोखरा पुगेर रामचन्द्र पौडेलले गरे यस्तो खुलासा

    पोखरा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसले बिहीबार पोखरामा गरेको कार्यक्रममा उनले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाएका हुन् ।

    उनले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै संयुक्त आन्दोलनबाटै निकास खोज्नुपर्ने जनाए । उनले सबै मिले राष्ट्रियता र संविधान बचाउनु पर्नेमा जोड दिए । उनले अरुको इशारामा यो राष्ट्रलाई भूमरीमा धकेल्ने प्रयास भएको बताउँदै प्रतिनिधिसभाको पुनःस्थापना हुनेमा विश्वास व्यक्त गरे ।

    नेता पौडेल विघटित संसद पुनस्स्थापनाको आन्दोलनमा कम्युनिस्ट (दाहाल–नेपाल) पक्षसँग कांग्रेस मिल्नुहुँदैन भन्नेहरु दरबार परस्त भएको बताए । इतिहासमा कम्युनिस्टसँग मिलेर चलाइएका संयुक्त संघर्षबाट कांग्रेसलाई कहिल्यै घाटा नभएको उनको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend