काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै प्रहरीले पूर्व प्रहरी डिल्लीबहादुर चन्दलाई पक्राउ गरेकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
नेपाली कांग्रेस कार्यकर्ता समेत रहेका पूर्व प्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको कांग्रेसले जनाएको छ ।
‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरूले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि व्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारबाहीका लागि २०७४ सालमा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था छ ।’
कानूनी प्रक्रियाभन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले व्यक्तिलाई गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण भएको कांग्रेसले ठहर गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।