शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

ब्यांक्वेट गएर कार्यकर्ता हँसाउने प्रधानमन्त्री ओली किन सिंहदरबार जान चाहँदैनन् ?

ब्यांक्वेट गएर कार्यकर्ता हँसाउने प्रधानमन्त्री ओली किन सिंहदरबार जान चाहँदैनन् ?

  • मिडिया डबली
  • बिहिवार, पौष १६ २०७७

  • 4.8K
    SHARES

  • ब्यांक्वेट गएर कार्यकर्ता हँसाउने प्रधानमन्त्री ओली किन सिंहदरबार जान चाहँदैनन् ?

    काठमाडौं - प्रधानमन्त्री केपी ओली बहुमुखी प्रतिभाशाली हुन् । साहित्य, गीतसंगीत, सिनेमा धेरैतिर रुचि राख्ने ओलीमा अभिनयको पनि राम्रै सौख छ ।

    जो उनले अभिनय गरिरहेको तर सुटिङ नसकिएको ‘रातो सूर्य’ ले पनि पुष्टि गर्छ । बुधबार अपराह्न उनी कमेडी पनि गर्दा रहेछन् भन्ने आमनेपालीले थाहा पाए ।

    अहिलेसम्म हास्यकलाकार सीताराम कट्टेल धुर्मुसले ओलीको हुबहु क्यारिकेचर गर्दै आएका थिए । तर, ओली बुधबार आफैं धुर्मुसको अवतारमा प्रकट भए नेकपा अध्यक्ष माधवकुमार नेपालको क्यारिकेचर गरेर ।

    प्रधानमन्त्रीको कुर्सीमा बसेका व्यक्तिबाट आफ्नै सहपाठी नेतामाथि यति तल्लोस्तरको गालीगलौज होला भन्ने कल्पना नेपाली नागरिकले गरेका थिएनन् ।

    आफूलाई ब्यांक्वेटमा भएको भेलाले नेकपाको अध्यक्षबाट कारबाही गरेपछि ओलीले भनेका थिए, ‘ब्यांक्वेटमा बसेर मलाई कारबाही रे । त्यस्ता ब्यांक्वेटमा कहिल्यै गइन्न पनि र केही खाइन्न पनि ।

    तर, त्यसो भनेको एक साता नबित्दै ओली थापाथलीस्थित त्यही कार्की ब्यांक्वेट पुगेर आफूमाथि कारबाही गर्ने प्रचण्ड र माधवकुमार नेपालको झाँको झारे ।

    जिल्ला जिल्ला घुम्ने, शीतल निवास हप्ता हप्ता पुग्ने, ब्यांक्वेटमा गएर घन्टौं भाषण दिने प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नगएको १० महिना बितिसकेको छ ।

    संसद् विघटन गरेर अध्यादेशबाट सरकार चलाउने ओलीले बालुवाटारमै प्रधानमन्त्री कार्यालय सारेका छन् । अरु देशका प्रधानमन्त्री आफ्नो सरकारी कार्यालयमा अनिवार्य कार्यालय समयसम्म बसेर निवास फर्किने गरेका छन् । तर, ओली भने निरंकुश शासकझैं ओछ्यानबाटै सरकार चलाइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend