शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
नेकपा बिबाद

नेकपाको सम्पत्ति तीन अर्ब बढी, भारतको नयाँ दिल्लीमै एक करोड मूल्य पर्ने जग्गा

नेकपाको सम्पत्ति तीन अर्ब बढी, भारतको नयाँ दिल्लीमै एक करोड मूल्य पर्ने जग्गा

  • मिडिया डबली
  • बिहिवार, पौष १६ २०७७

  • 8.4K
    SHARES

  • नेकपाको सम्पत्ति तीन अर्ब बढी, भारतको नयाँ दिल्लीमै एक करोड मूल्य पर्ने जग्गा

    काठमाडौं - सत्तारुढ नेकपा दुई टुक्रा भएपछि अहिले एक अर्को पक्षले सम्पत्तिमा दाबी गर्न थालेको छ । जबकि दुवै नेकपाको आधिकारिक विवाद निर्वाचन आयोगले टुंगो लगाउन बाँकी छ ।

    आयोगले नसकेमा अदालतले निरुपण गर्न बाँकी नै छ । बुधबार प्रचण्ड र माधव नेपालले नेकपाको सबै बैंक खाता रोक्का गर्न पत्राचार गरेपछि नेकपाको सम्पत्तिको खोजी हुन थालेको हो ।

    नेकपाको चलअचल सम्पत्ति कहाँ के कति छ भन्ने तथ्य एकीकृत गर्न केन्द्र र प्रदेशस्तरमा समिति बनाएरै पार्टीमा काम भएको थियो। नेकपाको सम्पत्ति २०७५ असारको तथ्यांकअनुसार तीन अर्बभन्दा बढी देखिएको थियो। नेकपाले नेता कार्यकर्ताबाट मासिक रूपमा लेवी उठाउँदै आएको छ ।

    नेकपाको काठमाडौंमै करोडौं मूल्यका पाँचवटा भवन छन्। भारतको नयाँ दिल्लीमा पनि एक करोड मूल्य पर्ने जग्गा छ। पार्टी दुई समूहमा बिभाजनपछि यतिबेला खर्च कसरी चल्दैछ भन्नेबारे नेताहरू प्रष्ट छैनन्।

    प्रचण्ड र नेपालले बैंक तथा वित्तीय संस्थालाई बुधबार छोटो पत्र लेखेका थिए । पत्रमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न विशिष्ट परिस्थितिका कारण त्यस बैंकमा हाम्रो पार्टीको नाममा वा साबिक नेकपा एकीकृत मार्क्सवादी लेनिनवादीको नाममा कुनै खाता रहेको भए उक्त खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिदिनु हुन अनुरोध गर्दछौं।’

    पत्रमा अध्यक्षको हैसियतमा प्रचण्ड र नेपालको हस्ताक्षर छ। पार्टी एकीकरण हुँदा तयार पारिएको एक लगतअनुसार, तत्कालिन एमालेसँग दुई अर्ब रुपैयाँ बराबरको सम्पति थियो । माओवादीतर्फ एक अर्बको सम्पत्ति रहेको बताइन्छ ।

    तत्कालिन एमालेको काठमाडौं उपत्यकामा ५ वटा भवनसहितका कार्यालय छ। एमालेका ६६ जिल्लामा र माओवादीका १२ जिल्लामा कार्यालय छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend