काठमाडौं – काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले प्रतिनिधिसभा विघटन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले अनिश्चितताको बाटो रोजेको आरोप लगाएका छन्। ओली सरकारको यो कदमले नेपालमा ठूलो आर्थिक क्षति हुने उनको टिप्पणी छ।
प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा जारी नागरिक आन्दोलनमा सहभागी भएका क्षेत्रीले सरकारको अहिलेको कदमले नेपालमा थेगिनसक्नु महँगी बढ्ने र आर्थिक अनिश्चितता निम्त्याउने बताएका हुन्।
‘कोभिडको यो संकटमा आर्थिक सुनिश्चितताका विषयमा धेरैले चासो दिएका छैनन्,’ उनले भने, ‘यही समयमा सरकारले प्रतिनिधिसभा विघटन गरेर अस्थिरतता र अनिश्चितताको बाटो रोजेको छ। यो कदमले नेपालमा ठूलो आर्थिक संकट निम्तिने खतरा छ भने महँगी पनि थेगिनसक्नु रुपमा बढ्ने छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।