काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई नेकपा केन्द्रीय सदस्यको शपथ खुवाएका छन्।
बुधबार दिउँसो काठमाडौंको कार्की ब्याङक्वेटमा आफूपक्षीय सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला गराएका ओलीले राति ८ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नवनियुक्त केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराएका हुन्।
मन्त्रिपरिषद् बैठकपश्चात् ओलीले केन्द्रीय सदस्यको शपथ ग्रहण समारोह आयोजना गरेका हुन्। संसद् विघटनपछि गत मंसिर ७ गते बालुवाटारमै केन्द्रीय सदस्यको भेला गराई नेकपा केन्द्रीय कमिटीमा ओलीले सदस्य थप गरेका थिए।
केन्द्रीय आयोजक समितिका रूपमा १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनएका ओलीले शपथ खान छुटेकाका लागि बुधबार राति कार्यक्रम राखेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।