काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले नेपाल देश एकीकरणमा पृथ्वीनारायण शाह जत्तिकै योगदान किराँतीहरूको पनि रहेको बताएका छन् ।
नेता खतिवडाले किराँत राईहरूको महान चाड उधौली–साकेला साकेवा ५०८० को अवसरमा किराँत–राई यायोख्खा जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको शुभकामना आदानप्रदानमा किराँतीहरूको योगदानबारे चर्चा गरे ।
‘नेपाल विविध संस्कृतिले भरिएको देश हो, यो नै हाम्रो धन हो । त्यसैले यसलाई बचाउनलाई हामी सबैले ऐक्यवद्ध भएर एकअर्काको ईष्या डाहा नगरी सबै संस्कृति बचाउने गरी हामीले सबै धर्म, वर्ग र संस्कृतिको संविधान बनाएका छौं,’ उनले भने ।
किराँत समुदायबाट बलबहादुर राई देशमा १९ पटक उपप्रधानमन्त्री भएका स्मरण गर्दै नेता खतिवडाले राईसँग धेरै नजिक भएर काम गर्न पाएको बताए ।
‘मैले व्यक्तिगत रूपमा कुनै धर्म मनाएको हुँला । तर म जुनसुकै पिछाडिएको धर्म र वर्गको लागि जहाँ पनि लड्ने र आवाज उठाउँछु,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।