शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

नेपालका कम्युनिस्ट नक्कली भएको चिनियाँ नेताको निष्कर्ष, टुट्यो ओलीप्रतिको भरोसा

नेपालका कम्युनिस्ट नक्कली भएको चिनियाँ नेताको निष्कर्ष, टुट्यो ओलीप्रतिको भरोसा

  • मिडिया डबली
  • बुधवार, पौष १५ २०७७

  • 20.7K
    SHARES

  • नेपालका कम्युनिस्ट नक्कली भएको चिनियाँ नेताको निष्कर्ष, टुट्यो ओलीप्रतिको भरोसा

    काठमाडौं - तीन वर्षअघि चिनियाँहरू प्रधानमन्त्री केपी ओली र नेकपाको भविष्यप्रति बढी नै आशावादी देखिएका थिए। तर, राजनीति उस्तै रहेन ।

    अहिले तिनै ओलीको ‘यू टर्न’ ले चिनियाँ नेताहरू स्तब्ध बनेका छन् । नेपालमा कम्युनिस्ट पार्टी बलियो होस् र सरकार लामो समयसम्म टिकोस् भनेरै चिनियाँ राष्ट्रपति सि जिन पिङले नेपालको भ्रमणसमेत गरेका थिए ।

    सोही कारण चिनियाँ कम्युनिस्ट पार्टीले नेकपासँग भाइचार सम्बन्ध पनि गाँसेको थियो । तर, चिनियाँ नेताहरूको भरोसा ओलीले तीन वर्षभित्र तोडिएका छन् ।

    यसबीचमा चिनियाँहरूले नेपालमा काठमाडौंदेखि पोखरा र लुम्बिनीसम्म द्रुत रेलमार्ग बनाइदिने, केरुङ काठमाडौं रेलले जोड्ने, बिआरआई परियोजनाअन्तर्गत उत्तर–दक्षिण मार्गहरू, बुढीगण्डकी आयोजना, गल्छी रसुवागढी प्रसारण लाइन र टोखा छहरे सुरुङ मार्ग बनाउन सहयोग गर्ने, मदन भण्डारी फाउन्डेसनलाई सहयोग दिने तथा मदन भण्डारी प्राविधिक विश्वविद्यालय बनाइदिने जस्ता योजनामा समझदारी पनि गरे ।

    यसले ओलीका लागि आन्तरिक रूपमा आफ्नो वर्चस्व विस्तारमा महत्वपूर्ण सहयोग पुग्यो । तर त्यही सहयोग उनका लागि मैमत्त बन्ने कडी बन्न पुग्यो । पछिल्लो समय ओली चीनदेखि टाढिँदै गएको निष्कर्षमा चीन पुगेको छ ।

    चार दिने भ्रमणका लागि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले यहाँ रहँदा ओली नेतृत्वको नेकपा र प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपा नक्कली कम्युनिस्ट रहेको ठहर गरेको बुझिएको छ ।

    बरु उसले कांग्रेससँग मित्रता कायम गर्नु नै उचित ठानेर सभापति शेरबहादुर देउवालाई बेइजिङ आमन्त्रण गरेको छ । आफ्ना महत्वाकांक्षाको वशमा परेर सत्ता नियन्त्रण गर्न बल गरिरहेका ओलीका लागि चीनसँगको सम्बन्धले भन्दा भारत–अमेरिकासँगको सम्बन्धले महत्व राख्दै गयो ।

    कम्युनिस्ट पार्टीको सत्ता रहेको चीनले नेपालमा कम्युनिस्ट सत्तामा हुँदा आफ्नो अनुकूलको अवस्था होला भनेर आशा राख्नु स्वाभाविक हुन्थ्यो । त्यसैले उनीहरूले ०७२ को संविधान निर्माणपछि नै तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भइदिए हुन्थ्यो भन्ने कामना गरिरहेका थिए ।

    माओवादी केन्द्र र एमालेका नेताको लर्को चीन ओहोरदोहोर गरिरहने र चिनियाँहरू पनि यता बाक्लै आउजाउ गर्ने क्रम बढेर गयो । यसैबीच, ०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण अप्ठेरोमा परेको नेपालले चीनको बाटो समुद्रसम्मको पहुँच अर्थात् पारवहनसम्बन्धी सम्झौता गर्न चाह्यो ।

    यो बाध्यात्मक रूपले चीनतिर ढल्किनुपर्ने अवस्थामा केपी ओली नै प्रधानमन्त्री थिए । भारतसँगको सम्बन्ध राम्ररी सुधार नहोउन्जेल उनले चीनसँग झुकाब राखेको देखाए ।

    अहिले त चीनका कुनै पनि प्रस्ताव र सुझावसमेत उनले हितकर ठान्ने नगरेको बताइन्छ । नेपाल भ्रमण पूरा गरेर चीन फर्केको टोलीले बेइजिङमा नेपालका सबै कम्युनिस्ट नेता नाम मात्रको रहेको ब्रिफिङ गर्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend