काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बाहिर पार्टी भेलामा पहिलोपटक आज सम्बोधन गर्दैछन् । पार्टीको भेला, बैठक बालुवाटारमै गर्दै आएका ओलीले सूदूरपश्चिम प्रदेशका काठमाडौंमा उपलव्ध नेता कार्यकर्ताहरुको भेलालाई आज सम्बोधन गर्न लागेका हुन् ।
नेकपा सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले आज दिनको १२ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्दैछन् । संसद विघटनपछि भएका सबै बैठक, भेलाहरु बालुवाटारमै भएका थिए । पहिलोपटक ओलीले बालुवाटार बाहिर आयोजित कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् ।
सोही पार्टी प्यालेसमा प्रचण्ड–माधव समूहले यसअघि दुई दिन केन्द्रीय समिति बैठक गरेको थियो । सोही बैठकबाट ओलीलाई कारवाहीको निर्णय गरेको थियो । सो भेलामा सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका जनसंगठनको तर्फबाट काठमाडौं उपत्यकामा उपलव्ध नेता तथा कार्यकर्ताको उपस्थिति रहने जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।