ललितपुर- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस ललितपुरले संसद विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध भव्य प्रदर्शन गरेको छ ।
ललितपुरको लगनखेलबाट शुरु भएको विरोध प्रदर्शन जावलाखेलमा पुगेर विरोध सभामा परिणत भएको कांग्रेसका लोकप्रिय युवा नेता एवम् केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले मिडिया डबलीलाई जानकारी दिएका छन् । विरोध प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्नुका साथै संविधानको रक्षाका लागि माग गरेको महर्जनले जानकारी दिएका हुन्।
विरोध सभालाई ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतसहितका नेताहरूले सम्बोधन गरेको युवा नेता महर्जनले जानकारी दिए ।
विरोध सभालाई सम्बोधन गर्ने कांग्रेस नेताहरूले ओलीले संविधानको अधिकारभन्दा बाहिर गएर संसद विघटन गरेको भन्दै आक्रोश पोखेका छन् । उनीहरूले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानलाई पालना गर्नुभन्दा पनि उल्लंघन गरेको भन्दै कांग्रेसले संविधान विपरितको गतिविधिको विरोध गर्ने बताए ।
विभागका सचिव महर्जनका अनुसार प्रधानमन्त्री ओलीको कदमविरुद्ध ललितपुरका हजारौँ सर्वसाधार सडकमा उत्रिए विरोध जनाएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।