काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कित्ता त्यागेका छन्। राष्ट्रिय सभाको अधिवेशनमा उनी सहभागी हुने भएका छन्।
लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका पूर्वमाओवादी प्रवक्ता समेत रहेका शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पनि नउभिने भएका छन्।
स्वतन्त्र र तटस्थ तत्कालको नीति बनाएका उनी एकीकरणमा जोड दिने पक्षमा रहेको बताइएको छ। यसका लागि नेकपा उपाध्यक्ष बामदेव गौतमसँग सहकार्य गरी अगाडि बढ्ने उनको योजना रहेको छ। शर्माले भनेका छन्,‘अहिलेको जोड एकीकरण हो, हामी एकताको एजेन्डामा उभिनेछौं।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।