शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

‘रअ’सँग केपी ओलीको साँठगाँठबारे प्रचण्डको यस्तो खुलासा

‘रअ’सँग केपी ओलीको साँठगाँठबारे प्रचण्डको यस्तो खुलासा

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 4.1K
    SHARES

  • ‘रअ’सँग केपी ओलीको साँठगाँठबारे प्रचण्डको यस्तो खुलासा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था ‘रअ’सँग प्रधानमन्त्री केपी शर्मा ओलीको साँठगाँठबारे खुलासा गरेका छन् ।

    सोमबार राति कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रमको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले ‘रअ’ प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले नै नेपाल बोलाएको दाबी गरे ।

    अध्यक्ष प्रचण्डले आफूले बोलाएको गोयलसँग ओलीले बालुवाटारमा घण्टौं वार्ता गरेको पनि आरोप लगाएका छन् । उनले ओली भारतपरस्त रहेको संकेत गरे ।

    अन्तर्वार्तामा प्रचण्डले आगामी दिनमा कांग्रेससँग सहकार्य हुनसक्ने पनि बताए । विगतमा पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य भएको भन्दै प्रचण्डले आगामी दिनमा पनि सहकार्य हुनसक्ने बताए ।

    प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको भन्दै प्रचण्डले त्यसो भएको खण्डमा त्यतिबेला नै सहकार्य हुनसक्ने बताए । अन्यथा आगामी चुनावपछि कांग्रेस नै ठूलो पार्टी हुनसक्ने स्वीकार गर्दै प्रचण्डले आफूले नेतृत्व गरेको पार्टी पनि कांग्रेसकै हाराहारीमा पुग्ने भएकाले सहकार्य गर्न जरुरी नै रहेको बताएका छन् ।

    अध्यक्ष प्रचण्डले एकअर्कालाई कारबाहीको अवस्थामा पुगिसकेपछि पार्टी विभाजन भई नै सकेको भन्दै कानूनी रूपमा मात्रै घोषणा हुन बाँकी रहेको बताएका छन् ।

    प्रचण्डले उपाध्यक्ष वामदेव गौतम आफूहरूसँगै रहेको दाबी गरेका छन् । गौतम र आफूबीच निरन्तर सम्पर्क रहेको भन्दै प्रचण्डले गौतमको जोड अझै पनि एकतातर्फ रहेकाले तैपनि मिलाउन सकिन्छ कि भनेर तत्काल कतै पनि नखुलेको दाबी गरेका छन् ।

    ‘उहाँले सकिन्छ भने मिलाउनुपर्छ भनेर लाग्नुभएको छ । हामीले पनि उहाँको चाहनालाई सम्मान गर्दै समर्थन गरेका छौं,’ प्रचण्डले भने, ‘बामदेवजीले पहल गर्छु भन्नुभएको छ । उहाँ आफ्नै ढंगले सोच्ने नेता हुनुहुन्छ । हामीभन्दा टाढा हुनुहुन्न ।’

    जनयुद्धकालदेखि नै आफ्नो बामदेवसँग विशेष खालको सम्बन्ध रहेको स्मरण गर्दै प्रचण्डले भने, ‘जसले हिजो युद्धलाई शान्तिमा रुपान्तरण गर्न भूमिका खेल्नुभएको छ । युद्ध मैदानमै गएर गणतन्त्रमा जाने लाइनमा हस्ताक्षर गराउनुभएको छ । उहाँ हामीबाट टाढा जाने कुरा छैन ।’

    अध्यक्ष प्रचण्डले तत्काल केपी ओलीसँग एकता सम्भव नभएको पनि बताए । ‘कमीकमजोरीप्रति पश्चाताप गर्नुभयो भने संसद् भंग भएकोमा पश्चाताप गर्नुभयो भने पार्टी एकता असम्भव छैन,’ उनले भने, ‘ओलीबाट यो सम्भव छैन । राजनीति हो अब २/४ वर्षपछि हुनसक्छ । अहिले सम्भव देख्दिनँ । केपीजीले इतिहासको कलंकको टीका लगाइसक्नुभयो ।’

    प्रचण्डले ओलीले विघटन गरेको संसद् पुनःस्थापना कुनै पनि हालतमा हुनुपर्नेमा जोड दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend