काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ टोलीबीच सोमबार भएको भेटवार्ताबारे भएको प्रचारपछि प्रचण्डको सचिवालयले खण्डन सार्वजनिक गरेको छ ।
अध्यक्ष प्रचण्डको निजी सचिवालयबाट प्रेषित खण्डनमा ‘माधव नेपाललाई अध्यक्ष पद केवल भनिएको मात्र हो’ भन्ने खालको समाचार सम्प्रेषण हुनु भ्रामक भएको उल्लेख गरिएको छ ।
‘एक अनलाइन मिडियाले चिनियाँ टोलीसँगको भेटमा अध्यक्ष कमरेड प्रचण्डले अध्यक्ष कमरेड माधव नेपालका बारेमा गरेको टिप्पणी ‘माधव नेपाललाई अध्यक्ष पद केवल भनिएको मात्र हो’ भन्ने खालको समाचार सम्प्रेषण गर्नु हाम्रो पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालका बीचमा फाटो पार्ने कुत्सित मनसायबाट प्रेरित छ र नियोजित हिसाबले राजनीतिक दुराग्रहपूर्ण निराधार मिथ्या प्रचारबाहेक यो केही नभएको जानकारी गराउँदछौं,’ सचिवालयको खण्डनमा उल्लेख छ, ‘पार्टी एकीकरणपश्चात एकीकृत पार्टीमा भएको २ अध्यक्षात्मक व्यवस्थाप्रति दुवै अध्यक्षहरू दृढ रहनुभएको र दुवै जना बराबर अध्यक्षको हैसियतमा रहनुभएको स्पष्ट गर्न चाहन्छौं । यस्ता दुष्प्रचारको खण्डन गर्दै यसको भ्रममा नपर्न पार्टीका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।’
चिनियाँसँग प्रचण्डले ‘माधव नेपाललाई अध्यक्ष पद केवल भनिएको मात्र हो’ भनेको भनेर समाचार सम्प्रेषण भएपछि प्रचण्डनिवास खुमलटारमा खैलाबैला मच्चिएको थियो । सोमबार चिनियाँ ओलीले प्रचण्ड र नेपाल दुवैलाई भेटेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।