शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
नेकपा बिबाद

आफ्नो प्रियपात्र शंकर पोखरेललाई छोएमा ओलीले प्रदेश सभा नै भंग गरिदिने

आफ्नो प्रियपात्र शंकर पोखरेललाई छोएमा ओलीले प्रदेश सभा नै भंग गरिदिने

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 7.1K
    SHARES

  • आफ्नो प्रियपात्र शंकर पोखरेललाई छोएमा ओलीले प्रदेश सभा नै भंग गरिदिने

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले प्रदेश सभा विघटनको तयारी गरेका छन् । आफू निकट मुख्यमन्त्रीहरूविरुद्ध धमाधक अविश्वास प्रस्ताव आएर हटाउन लागेपछि ओली तनावमा परेका हुन् ।

    अहिलेसम्म बाग्मती र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई राष्ट्रपति विद्यादेवी भण्डारी निकट हुन् । राई त राष्ट्रपति भण्डारीको धर्मपुत्र जस्तै रहेको नेकपा नेताहरू बताउँछन् ।

    तर, यी दुवै प्रदेशमा प्रचण्ड र माधव नेपाल पक्षका सांसदको बहुमत भएकाले दुवैको पद जान सक्ने देखिएको हो । प्रचण्ड र नेपाल पक्षले अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थालेका छन् ।

    पोखरेल ओलीका प्रियपात्र हुन् । प्रचण्ड नेपाल पक्षले आज लुम्बिनी प्रदेशका नौ जिल्लास्तरीय भेला बोलाएको छ । जसमा पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउनेबारे छलफल हुने बताइएको छ ।

    सोही कारण पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आएलगत्तै प्रधानमन्त्री ओलीले सबै प्रदेश सभा भंग गरेर राष्ट्रपति शासन लागू गर्ने सिफारिस गर्ने तयारी भएको स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend