शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

चीनको यस्तो रणनीतिले ओलीको पद संकटमा, आज बेइजिङबाट आउँदैछन् चिनियाँ दूत

चीनको यस्तो रणनीतिले ओलीको पद संकटमा, आज बेइजिङबाट आउँदैछन् चिनियाँ दूत

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 3.8K
    SHARES

  • चीनको यस्तो रणनीतिले ओलीको पद संकटमा, आज बेइजिङबाट आउँदैछन् चिनियाँ दूत

    काठमाडौं - केही दिनअघि चिनियाँ राजदूत होउ यान्छीको दौडधूपपछि बेइजिङले नेकपामाथि हस्तक्षेप गर्न आज उपमन्त्रीलाई काठमाडौं पठाउँदैछ ।

    नेकपाको विभाजनपछिको परिस्थिति आँकलन गर्न चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदै छ । अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल चार दिने भ्रमणका लागि नेपाल आउन लागेको हो ।

    उनको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र काँग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । उपमन्त्री गुओ राष्ट्रपति भण्डारीले ५ पुसमा संसद् विघटन गरेपछि नेपाल आउने पहिलो विदेशी अधिकारी हुनेछन् ।

    चीनले बरु प्रधानमन्त्री केपी ओलीले सत्ता छाडुन् तर नेकपा विभाजन नहोस् भन्ने चाहेको छ । त्यसकै लागि पनि बेइजिङले चार दिन नेपालमा बस्ने गरी आफ्ना उपमन्त्री पठाएको हो । उनले नेकपालाई विभाजन हुन नदिन भरमग्दुर प्रयास दिनेछन् ।

    बेइजिङको रणनीति सफल भएमा नेकपा टुक्रिनबाट रोकिनेछ, तर ओलीले प्रधानमन्त्रीको कुर्सी गुमाउने बताइन्छ । पछिल्लो समय नेकपालाई विभाजन गर्ने गरी प्रचण्ड, माधव नेपाललगायतका नेताहरूलाई ओलीले बाइपास गरेको चीनले मन पराएको देखिएको छ । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध कायम भएकाले पनि चीनले हस्तक्षेप गर्न लागेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend