काठमाडौं - प्रधानमन्त्री केपी ओली निकट मुख्यमन्त्री शेरधर राईको पद धरापमा परेको छ । मुख्यमन्त्री राईविरुद्ध आज अविश्वासको प्रस्ताव ल्याइने भएको छ ।
मुख्यमन्त्री राईले शनिबार अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेपछि उनको पद धरापमा परेको हो । जसअनुसार प्रदेश १ सरकारका तीन मन्त्रीले आइतबार राजीनामा दिएका छन्।
प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री राईविरुद्ध आज बिहाज १० बजे अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ । प्रतिनिधिसभा विघटनको बाछिटा प्रदेश सरकारमा पनि पर्न थालेको छ । शुक्रबार मात्रै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
राईविरुद्ध अश्विासको प्रस्ताव दर्ता गर्दै स्थायी समिति सदस्यसमेत रहेका सांसद भीम आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने तयारी प्रचण्ड नेपाल समूहले गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।