शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्ड–माधवलाई उछिन्दै ओली यसरी ढल्किए भारततिर

प्रचण्ड–माधवलाई उछिन्दै ओली यसरी ढल्किए भारततिर

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 4.3K
    SHARES

  • प्रचण्ड–माधवलाई उछिन्दै ओली यसरी ढल्किए भारततिर

    काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको गत साता काठमाडौंमा भएको तीव्र राजनीतिक भेटघाटपछि दिल्लीका मुख्य पत्रपत्रिका र थिंक–ट्यांकको एउटा वृत्तले काठमाडौंमा चीनको प्रभाव बढिरहेको विश्लेषण गरेको छ ।

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेको मंसिर तेस्रो साता भएको नेपाल भ्रमण तरंग टुङ्गिँदैन फेरि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उच्च अधिकारीले आइतबारबाट नेपाल भ्रमण गर्नुलाई दिल्लीमा चीन ‘थप सक्रिय भएको’ भन्न थालिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

    नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० बीच भाइचारा सम्बन्ध स्थापित भएपछि उत्तर र दक्षिणसँगको ‘निकटता’ र ‘दूरी’ एकैसाथ झल्कन सुरु भएको समाचारमा उल्लेख छ । यसबीचमा नेकपाभित्र शक्ति संघर्ष जारी हुनुका साथै संघर्ष चाँडै विभाजनका रुपमा टुंगिनेमा दिल्ली आशावादी भयो । तर नेकपाको भदौ २६ गते अध्यक्ष केपी ओलीले ५ वर्ष प्रधानमन्त्रीका रुपमा काम गर्ने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको भूमिकामा रहने सहमति बन्यो ।

    उक्त समझदारी भारतको अपेक्षा विपरित थियो भने त्यसपछि ओलीको तत्काल बहिर्गमन सम्भव नभएको निष्कर्षमा भारत पुग्दै दिल्लीले ओली नेतृत्वको संस्थापनसँग सहकार्य गर्ने नीति लिएको देखिन्छ । अहिले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा भारतले अर्थपूर्ण तरिकाले मौनता साधेको छ। चीनसँग ओली टाढिँदै गएपछि ओली भारतसँग निकटता बढाएको पनि समाचारमा जनाइएको छ ।

    चिनियाँ राजदूतले गत असारको भेटमा ‘पार्टी फुटाउनु भन्दा बरु प्रधानमन्त्री पद छाड्न’ आग्रह गरेपछि ओली चीनबाट टाढिँदै गएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend